
विराटनगर । हर्क साम्पाङ नेतृत्वको श्रम-संस्कृति पार्टीले प्रमुख सिद्धान्तका रुपमा ‘हर्कवाद’ लाई अपनाउने भएको छ । पार्टीका केन्द्रीय अध्यक्ष रहेका हर्कराज राईले आज ‘हर्कवाद’ को अवधारणा सार्वजनिक गरेका हुन् ।
पार्टीको सिद्धान्त सार्वजनिक गर्दै साम्पाङले अनिवार्य श्रम र श्रमदानको नीति र निरन्तरको अभ्यासले मात्रै समाजमा व्याप्त अभाव, गरिबी, विभेद हट्ने बताए ।
उनले सार्वजनिक गरेको पार्टीको सिद्धान्तमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको एजेन्डा अघि सारिएको छ । राष्ट्रपति र उपराष्ट्रपति एकै लिङ्ग र एकै जाति–समुदायको नरहने एजेण्डा समेत उनले अघि सारेका छन् ।

संगालोखबर 













