
धनकुटा । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनौट गर्न धनकुटामा मतदान थालिएको छ । सर्वसम्मत गर्ने प्रयास सफल नभएपछि मतदान प्रकृयाबाट प्रतिनिधि छनौट गर्ने प्रकृया अघि बढाइएको हो ।
आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । एमाले जिल्ला कमिटीले आज बिहान सूचना जारी गरेर पार्टी सदस्यहरूलाई मतदानमा सहभागि हुन आव्हान गरेको छ । यता, असन्तुष्ट इन्द्रमणि पराजुली पक्षले विधि विपरित चुनावी प्रकृया अघि बढाइएको भन्दै आपत्ति जनाएको छ ।
यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने एमालेको राष्ट्रिय महाधिवेशनका लागि धनकुटाबाट १३ जना प्रतिनिधि छनौट हुनेछन् । जसमध्ये दलित कोटाबाट एक जना सर्वसम्मत निर्वाचित भइसकेका छन् ।

संगालोखबर 













