
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज विराटनगर किङ्सले चितवन राइनोजसँग खेल्दै छ । त्रिवि क्रिकेट रंगशालामा अपरान्ह ४ बजेदेखि खेल सुरु हुनेछ ।
विराटनगरले हालसम्म तीन खेल खेल्दा तीन खेलमै जित निकालेको छ । पहिलो खेलमा पोखरा एभेन्जर्सलाई हराएको विराटनगरले दोस्रोमा काठमान्डु गोर्खाज र तेस्रोमा जनकपुर बोल्ट्सलाई हराएको हो ।
यस्तै चितवन राइनोजले भने हालसम्म २ खेल खेलेको छ । पहिलो खेलमा कर्णाली याक्सलाई हराएको चितवन दोस्रो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको थियो ।

संगालोखबर 













