
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै पोखरेलले अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन् ।
पार्टी पुनर्गठन र रूपान्तरणका लागि देशभरका नेता कार्यकर्ताको आग्रह र सुझावलाई स्वीकारेर आफूले उम्मेदवारी घोषणा गरेको उनले बताएका छन् ।
‘पार्टीका कमरेडहरूको योग्यता, क्षमता र रुचि अनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहल मार्फत नेकपा (एमाले)लाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा विकास गर्न म प्रतिबद्ध छु’, विज्ञप्तिमा भनिएको छ ।
यस्तै पार्टीको आन्तरिक लोकतन्त्र सम्बन्धी आफैले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका निर्वाह गर्ने अपेक्षा गरेको उनले उल्लेख गरेका छन् ।
उनले अभिभावकीय भूमिका मार्फत सहज निकासका लागि पार्टी अध्यक्ष ओलीलाई अनुरोध गरेका छन् ।

संगालोखबर 













