
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले प्रतिनिधि सभा निर्वाचनका लागि आज दल दर्ता गरेको छ । निर्वाचन विभागका प्रमुख निरज आचार्य र कार्यालय सचिव डा. भीष्म अधिकारीले निर्वाचन आयोगमा पुगेर दल दर्ताको निवेदन दिएका हुन् । एमाले ६६ नम्बरमा दर्ता भएको छ ।
प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि दल दर्ताको समय मंसिर १० गतेसम्म तोकिएको छ । आयोगका अनुसार सोमबारसम्म ६४ दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका थिए ।
निर्वाचन आयोगमा दर्ता दलको संख्या १३५ पुगेको छ । ती मध्ये निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नेले मात्रै निर्वाचनमा भाग लिन पाउँछन् ।

संगालोखबर 













