
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले लगातार तेस्रो जित निकालेको छ । किर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गरेसँगै विराटनगरले लगातार तेस्रो जित निकालेको हो ।
जितका लागि १ सय ३६ रनको लक्ष्य पाएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २६ रनमात्र बनाउन सक्यो । पहिलो सिजन प्लेअफबाट बाहिर रहेको विराटनगरले दोस्रो सिजनमा सुरुको तीनै खेल जितेको हो । च्याम्पियन जनकपुरले भने लगातार दोस्रो खेलमा पराजय भोगेको छ ।

संगालोखबर 













