
विराटनगर । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे कोशी प्रदेशसभाको नयाँ कार्यालय भवन निरीक्षण तथा प्रदेश सभासँग सम्बन्धित विषयमा आवश्यक समन्वय गर्न विराटनगर आउने भएका छन् ।
जेनजी आन्दोलनका कारण पूर्णरूपमा ध्वस्त प्रदेश सभा कटहरी गाउँपालिकाको तरकारी बजार क्षेत्रमा सारिएको छ । संघीय संसद् सचिवालयका अधिकृत प्रविन राईद्वारा जारी सूचनामा सभामुख घिमिरे सोमबार दिउँसो साढे ३ बजे विराटनगर आइपुग्नेछन् ।
सभामुखले सोमबारै कोशी प्रदेश सभा कार्यालयको स्थल निरीक्षण गर्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।
उक्त भ्रमणका क्रममा सभामुखले प्रदेशसभा भवन, सचिवालयको संरचना तथा व्यवस्थापनसम्बन्धी विषयमा सम्बन्धित अधिकारीसँग छलफल गर्ने कार्यक्रम रहेको जनाएको छ ।

संगालोखबर 













