संगालोखबर


विराटनगर । देशभर आठ लाख बढी नयाँ मतदाता थपिएका छन् । फागुन २१ गतेको लागि घोषणा भएको प्रतिनिधिसभा निर्वाचनका आठ लाख ३७ हजार ९४ जना नयाँ मतदाता थपिएका हुन् ।

निर्वाचन आयोगका अनुसार असोज ९ देखि मंसिर ५ गतेसम्म खुला गरिएको मतदाता नामावली संकलन अवधिमा सो संख्यामा मतदाता थपिएका हुन् ।

थपिएका मतदातामध्ये चार लाख ७३ हजार तीन सय ४५ पुरुष, तीन लाख ६३ हजार सात ७८ महिला र ६१ अन्य छन् । आयोगको नियमित प्रकृयाबाट तीन लाख ४४ हजार नौ सय १४ र राष्ट्रिय परिचयपत्रको बायोमेट्रिक विवरणमार्फत चार लाख ९२ हजार एक सय ८० नयाँ मतदाता सूचीकृत भएका छन् ।

यसअघि १६ कात्तिकसम्म देशभरका कुल मतदाता संख्या एक करोड ८१ लाख ६८ हजार दुई सय ३० रहेकोमा अब संख्या बढेर एक करोड ९० लाख पाँच हजार तीन् २४ पुगेको आयोगले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!