
विराटनगर । यातायात व्यवस्था विभागले छपाइ गरी वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को विवरण फेसबुकमा राख्ने भएको छ ।
यसअघि लाइसेन्सको जानकारी प्रणालीमार्फत ७२ घण्टाभित्र लाइसेन्स लिन आउनुहोला भनेर सन्देश पठाउने गरिएकोमा अब फेसबुकबाटै पाइने भएको हो ।
विभागले सूचना जारी गर्दै सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भई वितरणका लागि विभागमा प्राप्त भएका अनुमतिपत्रहरूको विवरण फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’ मा प्रकाशन गरिने जानकारी गराएको छ ।
फेसबुक पेजमा विवरणसहितको नाम समावेश भएको अवस्थामा सक्कल राजस्व रसिद र पुरानो सवारी चालक अनुमतिपत्र लिई विभागमा उपस्थित हुन विभागले आग्रह गरेको छ ।

संगालोखबर 













