संगालोखबर


विराटनगर । विराटनगरको कान्तिपुर कलेजका विद्यार्थीहरूका लागि चार्टर एकाउन्ट (सीए) सम्बन्धी अभिभुखिकरण कार्यक्रम गरिएको छ । नेपाल चार्टर एकाउन्टेन्ट संस्था (आइक्यान) सँग सहकार्य गरेर कलेजले बिहीबार एकदिने अभिमुखीकरण कार्यक्रम गरेको हो ।

महेन्द्र होटलको सभाहलमा भएको कार्यक्रममा कलेजका शिक्षक तथा छात्र-छात्राहरूले विभिन्न जिज्ञासा राखे । 

Advertisement

अन्तरक्रियात्मक कार्यक्रममा आइक्यानका सिए युवराज उप्रेती, शाखा अधिकृत जेबी भुटिया र बन्दना थापाले जिज्ञासाको जवाफ दिएका थिए । सिए भर्ना प्रक्रिया, नेपालमा सिएतर्फको दक्ष जनशक्तिको अवस्था र उनीहरूको भविष्यलगायत विषयमा विद्यार्थीहरूलाई जानकारी गराइएको थियो ।

कार्यक्रममा कान्तिपुर कलेजका प्रिन्सिपल भुवन नेपालले स्थापना कालदेखि हालसम्म कान्तिपुरबाट सिए उत्तीर्ण साथै सिए अध्ययन गरिरहेका विद्यार्थीहरूका बारेमा जानकारी गराए ।

विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन संकायमा अध्ययन–अध्यापन हुने कान्तिपुरले दक्ष जनशक्ति उत्पादन, सीपमुलक सिकाइमा जोड, प्रयोगात्मक शिक्षामा अग्रसरता देखाएकाले हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउने गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!