
झापा । भारतमा रेलबाट लड्दा झापा एक युवकको मृत्यु भएको खुलेको छ । कचनकवल गाउँपालिका-४ स्थित पगलीभिट्टाका फरमुद आलमको रेल दुर्घटनामा मृत्यु भएको हो ।
आलम दिल्लीबाट रेल चढेर घर फर्कने क्रममा उत्तर प्रदेश राज्यको जागिपुर रेलवे स्टेसननजिकै रेलबाट लडेर गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका उनको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।
परिवारका अनुसार आलम केही महिनाअगाडि कामको सिलसिलामा भारतको राजधानी नयाँ दिल्ली गएका थिए । आलमको शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी नेपाल ल्याउने तयारी भइरहेको छ ।

संगालोखबर 













