संगालोखबर


काठमाडौं । गएराति भक्तपुरबाट पक्राउ परेका दुर्गा प्रसाईँलाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

अब उनीमाथि सोधपुछ र थप अनुसन्धान प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ । प्रसाईंले ७ मंसिरदेखि देशै ठप्प पारेर राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना गर्ने आन्दोलन थाल्ने बताउँदै आएका थिए ।

Advertisement

पछिल्लो समय उनले दूतावासहरूको नाम नै तोकेर बम प्रहार हुन सक्ने र दोष आफूलाई थुपारिदिन सक्ने भन्दै दिएको अभिव्यक्ति दिएका थिए । आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा समेत उनलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग उठेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!