संगालोखबर


विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल बिहान ११ः४५ बजे सुरु हुनेछ ।

त्रिवि क्रिकेट रंगशालामै हुने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल अपराह्‍न ४ बजे सुरु हुनेछ । पहिलो संस्करणमा तेस्रो स्थानमा रहँदै प्लेअफ पुगेको चितवनलाई कर्णालीले नै इलिमिनेटरमा २१ रनले हराएका थियो ।

Advertisement

प्रतियोगिताको पहिलो संस्करणमा विराटनगर र पोखरा लिग चरणबाटै बाहिरिएका थिए । पहिलो संस्करणमा विराटनगर पाँचौँ र पोखरा सातौँ स्थानमा रहेका थिए ।

प्रतियोगिताको उद्‌घाटन खेलमा सोमबार काठमाण्डू गोर्खाजले साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध पाँच विकेटको जित निकालेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!