
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको पाँच हजार नौ सय रुपैयाँले बढेको हो ।
महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ५० हजार दुई सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला दुई लाख ४४ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला एक सय ७० रुपैयाँ बढेर तीन हजार तीन सय ४५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला तीन हजार एक सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













