संगालोखबर


विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार दुई हजार नौ सय रुपैयाँ बढेको सुनको मूल्य आज चार हजार ९ सय रुपैयाँ बढेको हो ।

महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ४६ हजार चार सय रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला दुई लाख ४१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार सुन प्रतितोला दुई लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला एक सय पाँच रुपैयाँ बढेर तीन हजार एक सय ७० रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला तीन हजार ६५ रुपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदी प्रतितोला तीन हजार १५ रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!