संगालोखबर


धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखको कार्यालयमा तोडफोड भएको छ । मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर आन्दोलित भएका  दलका नेता तथा कार्यकर्ताले तोडफोड गरेका हुन् ।

प्रदेश प्रमुख सुमित्रा भण्डारीले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि सात राजनीतिक दल असन्तुष्ट छन् ।

Advertisement

प्रदेश प्रमुख भण्डारीले सोमबार एमालेका नेता यादवलाई संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध मधेसका सात दलका नेता कार्यकर्ताहरूले चर्को नाराबाजी गरिरहेका छन् ।

नवनियुक्त मुख्यमन्त्री यादव कार्यालय आउने जानकारी पाएपछि उनलाई अवरोध पुर्याउन ती नेता र कार्यकर्ताहरू मुख्यमन्त्री कार्यालय अगाडि जम्मा भएका छन् ।

असन्तुष्ट दलहरूले मुख्यमन्त्री नियुक्तिको प्रक्रियालाई असंवैधानिक भन्दै यसको कानुनी तथा राजनीतिक प्रतिवाद गर्ने रणनीति तय गर्न यसअघि नै छलफलमा जुटेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!