
विराटनगर । मोरङ क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका निवर्तमान सांसद योगेन्द्र मण्डलले नयाँ दल दर्ताका लागि निवेदन दिएका छन् । आज उनको समूहले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको हो ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका मण्डलको नयाँ दलको नाम राष्ट्रिय ऊर्जाशील पार्टी र चुनाव चिह्न चापाकल प्रस्ताव गरिएको छ । केन्द्रीय सदस्य तत्काललाई ३१ सदस्यीय प्रस्ताव गरिएको छ ।
२०५४ सालयता सामाजिक क्षेत्रमा सक्रिय मण्डल एमाले निकट थिए । एमाले त्यागेर २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका उनी चापाकल चुनाव चिन्हमै निर्वाचित भएका थिए ।

संगालोखबर 













