
विराटनगर । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान बनाएको छ । आज प्रतितोला दुई हजार रुपैयाँ बढेर सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ५० हजार नौ सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला दुई लाख ४८ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला तीन हजार दुई सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला तीन हजार दुई सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













