
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-४ चानुवामा खुल्ला वडास्तरिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । तिहार तथा छठ पर्वको अवसरमा चानुवा खेलकुद विकास समितिको आयोजनामा असोज ३० देखि कात्तिक १ गतेसम्म प्रतियोगिता हुन लागेको हो ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले नगद ६० हजार र उप-विजेता टोलीले नगद ४० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
यस्तै सेमिफाइनालिष्ट टिमले नगद १०/१० हजार रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ पनि उत्कृष्ट खेलाडीलाई नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने वडाध्यक्ष शुक्रबहादुर बुढाथोकीले जानकारी दिए ।
टिम दर्ता शुल्क तीन हजार पाँच रुपैयाँ लाग्ने छ । उद्घाटनमा महालक्ष्मी-४ चानुवाका कर्मचारी, शिक्षक र अभिभावकबीच मैत्रीपूर्ण खेल पनि हुनेछ ।

संगालोखबर 













