संगालोखबर


विराटनगर । आईसीसी टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपाल र कतारबीच प्रतिस्पर्धा हुने भएको छ । खेल आज राति ८ः४५ बजे ओमानमा हुनेछ ।

अङ्कविहीन रहेको कतारविरुद्ध जित निकाल्दै विश्वकप यात्रा तय गर्ने लक्ष्यसहित नेपाल मैदानमा उत्रने छ । आइतबार भएको खेलमा समूह ‘बी’को विजेता नेपालले समूह ‘ए’को विजेता यूएईलाई एक रनले हराउँदै चार अङ्क जोडिसकेको छ ।

Advertisement

सुपर सिक्समा यूएईलाई हराइसकेको नेपालले कतारसँगै ओमान र सामाओसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले आगामी बुधबार ओमानसँग प्रतिस्पर्धा गर्नेछ भने सुपर सिक्सको अन्तिम खेलमा शुक्रबार सामाओसँग प्रतिस्पर्धा गर्नेछ ।

सुपर सिक्समा सहभागी नेपाल, यूएई, ओमान, जापान, कतार र सामाओमध्ये शीर्ष स्थानमा रहने तीन टिमले भारत र श्रीलंकामा हुने २०२६ को विश्वकप खेल्नेछन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!