
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला तीन हजार रुपैयाँले वृद्धि भएको हो ।
महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ३५ हजारमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला तीन हजार एक सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला तीन हजार ८५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













