
विराटनगर । आज बडादशैँ अर्थात दुर्गापक्षको मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र जमरा लगाइँदै छ । रातो टीकालाई शुभ साइतको प्रतीक र जमरालाई समृद्धिको प्रतीक मानिन्छ ।
दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ ।
टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान ११ बजेर ५३ मिनेटको साइत उत्तम रहेको जनाएको छ । तर आज दुर्गा विसर्जनपछि जुनसुकै बेला टीका लगाउँदा पनि साइतै मानिने विश्वास गरिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले घटस्थापना गरी जमरा राखेको ठाउँमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत आज बिहान ९ बजेर २३ मिनेटमा रहेको जनाएको छ ।

संगालोखबर 













