
विराटनगर । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज प्रतितोला सात सय रुपैयाँ बढेर सुनको मूल्य हालसम्मकै उच्च भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख २३ हजार दुई सय रुपैयाँमा किनबेच भइरहेको छ । शुक्रबार सुन प्रतितोला दुई लाख २२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला ७० रुपैयाँले बढेर दुई हजार आठ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी दुई हजार सात सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













