
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आज प्रकाशित नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् ।
यस्तै परीक्षामा सहभागी भएका १ लाख ४३ हजार २ सय ५७ परीक्षार्थीमध्ये ५९ हजार ६९३ जना अनुत्तीर्ण भएको बोर्डले जनाएको छ । परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन भएको थियो ।
गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले पूरक परीक्षाको अवसर दिएको थियो ।

संगालोखबर 













