
विराटनगर । भारतको जोगबनी बजारमा दुईपक्षबीच झडप हुँदा केहीबेर बन्द गरिएको रानी नाका खोलिएको छ । अवस्था सामान्य बनेपछि नाका खुल्ला गरिएको हो ।
जोगबनीमा झडप हुँदा किनमेलका लागि गएका नेपाली उपभोक्ता भागेर नेपाल फर्किएका थिए । दशैँ लक्षित किनमेलका लागि जोगबनी हिँडेका उपभोक्ता पनि केहीबेर रानी नाकामा नै रोकिएका थिए ।
‘अहिले अवस्था सामान्य भइसकेको छ’, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले संगालोखबरसँग भने, ‘बन्द गरिएको नाका खुल्ला भइसकेको छ ।’ नाका खुल्ला भएसँगै उपभोक्ता किनमेलका लागि जान थालेका छन् ।

संगालोखबर 













