संगालोखबर


विराटनगर । भारतको जोगबनी बजारमा दुईपक्षबीच झडप हुँदा तनाव बढेको छ । किनमेलका लागि जोगबनी पुगेका नेपाली उपभोक्ता भागेर नेपालतर्फ आएका छन् ।

हिन्दु समुदायले पैगम्बरका बारेमा सामाजिक सञ्जालमा गलत टिप्पणी गरेको मुस्लिम समुदायको आरोप छ । सोही विषयलाई लिएर मुस्लिम र हिन्दु समुदायबीच झडप भएको जनाइएको छ । यद्यपि यकिन कारण भने खुलेको छैन ।

Advertisement

जोगबनीमा तनाव बढेपछि नेपाल-भारत सीमा नाका बन्द गरिएको छ । प्रहरीका अनुसार दशैँको किनमेलका लागि जोगबनी हिँडेका नेपाली उपभोक्तालाई रानी नाकामा नै रोकिएको छ । रानी नाकामा अहिले ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!