
जनकपुर । नेपाली काँग्रेस मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । आज जनकपुरमा बसेको काँग्रेस संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र नयाँ सरकार गठनको प्रयास थाल्ने निर्णय गरेको हो ।
गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा घोषणा गरेका थिए ।
तर फेरि कुरा फेरेपछि जनमतले सरकारमा रहेका आफ्ना मुख्यमन्त्री सहित दुई मन्त्रीलाई फिर्ता र समर्थन फिर्ता लिएको पत्र मधेश प्रदेश सभामा भदौ ३१ गते बुझाइसकेको छ ।

संगालोखबर 













