
विराटनगर । आज सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । प्रतितोला तीन हजार नौ सय रुपैयाँ बढेर सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख २१ हजार सात सय रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला दुई लाख १७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेर दुई हजार छ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

संगालोखबर 













