संगालोखबर


विराटनगर । आज सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । प्रतितोला सात सय रुपैयाँ बढेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख १७ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला दुई लाख १७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर दुई हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला दुई हजार ६ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!