संगालोखबर


विराटनगर । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक हजार एक सय रुपैयाँले बढेको हो ।

महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख १७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला दुई लाख १६ हजार रुपैयाँमा किनबेच भएको थियो ।

Advertisement

आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर दुई हजार ६ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य हालसम्मकै उच्च हो ।

शुक्रबार चाँदी प्रतितोला दुई हजार ६ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!