इन्दु साह/संगालोखबर


विराटनगर । भारतको दिल्लीमा एक नेपाली बालिका फेला परेकी छिन् । तर उनको नेपालमा घर कहाँ हो भनेर स्पष्ट खुल्न सकेको छैन । दिल्लीस्थित ‘किन इन्डिया’ नामक संस्थाले उद्धार गरेर बालिकाको पहिचानका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ ।

संस्थाका अनुसार करिब १७ वर्षीया बालिकाले आफ्नो नाम सवाना बताएको जनाएको छ । उनले बुवाको नाम तसलिम मन्सुरी, आमा रोशन तारा, दाजुहरू नाजीम र सलिम, भाइ साजीम तथा दिदीहरू रिजावानना, रेहाना र तराकना भएको बताएकी संस्थाले उल्लेख गरेको छ ।

संस्थाका अनुसार उनले ठेगाना नेपाल बैरगनिया सुधै चौक रौतहट मात्र बताएकी छन् । संस्थाका निर्देशक नवीन जोशीका अनुसार बालिका कसरी दिल्लीसम्म आइपुगिन् भन्ने खुलेको छैन । परिवार सम्पर्कमा आएपछि मात्र सम्पूर्ण तथ्य खुल्ने उनले बताए ।

‘हामी निरन्तर परिवारको खोजीमा छौँ’, जोशीले भने, ‘जसले उनलाई चिन्दछन् वा परिवारबारे जानकारी दिन सक्छन् यस संस्थालाई जानकारी दिन अनुरोध गर्दछु ।’

‘किन इन्डिया’ले केहीसमय अगाडि विभिन्न घटनामा परि भारत पुगेका नेपाली बालबालिका तथा महिलाको उद्धार गरी स्वदेश फर्काएको थियो । हालै मोरङकी एक बालिकाको समेत उद्धार गरिएको उनले संस्थाका निर्देशक जोशीले जानकारी दिए ।

उक्त बालिकाको परिवार विराटनगर रहेको खुलेको उनको भनाइ छ । दुबै बालिकाको परिवार सम्पर्कमा आएपछि स्वदेश पठाउने प्रक्रिया सुरु गरिएको जाेशीले उल्लेख गरे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!