
विराटनगर । एनआईसी एशिया बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा विराटनगरका सन्तोषकुमार राठी नियुक्त भएका छन् । असोज २ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले राठीलाई कामु सीईओमा नियुक्त गरिएको हो ।
यसअघिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेले पदबाट राजीनामा दिएसँगै राठीलाई कामु सीईओको जिम्मेवारी दिइएको छ । यसअघि राठी बैंकको नायब प्रमुख कार्यकारी अधिकृत थिए ।

संगालोखबर 













