
विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा सञ्चालन गर्ने भएको छ । बोर्डले जेनजी आन्दोलनका कारण स्थगित भएको पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको हो ।
यसअघि भदौ २८ र २९ गते परीक्षा सञ्चालन गर्ने तालिका थियो । बोर्डले सार्वजनिक गरेको नयाँ तालिका अनुसार असोज ७ गते अनिवार्य अंग्रेजी, एक विषय मात्र भएकाहरूको लागि सबै विषयको परीक्षा हुने बोर्डले जनाएको छ ।
यस्तै दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको सानो कोड नम्बर भएको विषय अर्थात अनिवार्य अंग्रेजी र अनिवार्य नेपाली दुवै विषयका (पूरक) परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अंग्रेजी र दोस्रो दिन अनिवार्य नेपालीको परीक्षा दिनुपर्ने तालिका सार्वजनिक गरेको छ ।
असोज ८ गेत दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुनेछ । त्यस दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भने सञ्चालन नहुने बोर्डले जनाएको छ ।
बोर्डले यसअघि नै परीक्षा केन्द्र निर्धारण गरिसकेको जनाएको छ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने बोर्डले उल्लेख गरेको छ ।


संगालोखबर 













