
विराटनगर । भारतको हिमाञ्चल प्रदेशको सिमला जिल्लास्थित कोटखाईमा गाडी दुर्घटना हुँदा चार नेपालीको मृत्यु भएको छ ।
दुर्घटनामा सल्यानको कुमाख गाउँपालिका-४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीय लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट रहेका छन् ।
तीन जना एकै परिवारका रहेको जनाइएको छ । दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन् । पिकअप अनियन्त्रित भएर भीरबाट खस्दा दुर्घटना भएको जनाइएको छ ।
शवलाई पोस्टमार्टमका लागि पठाइएको छ र मृतकका परिवारलाई खबर गरिएको भारतीय प्रहरीले जनाएको छ ।

संगालोखबर 













