
काठमाडौं । नवनियुक्त तीन मन्त्रीहरूले आज पद तथा गोपनियताको सपथ लिएका छन् । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ नियुक्त गरेका तीन मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ ग्रहण गराएका हुन् ।
नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् भने कानुनविद् ओमप्रकाश अर्यालले गृहसहित कानुन मन्त्रालय र पूर्व अर्थसचिव रामेश्वर खनालले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा जलेको शीतल निवासको प्राङ्गणमा टेन्ट टाँगेर मन्त्रीहरूलाई सपथ खुवाइएको हो ।

संगालोखबर 













