
काठमाडौं । नवनियुक्त तीन मन्त्रीहरूले आज पद तथा गोपनियताको सपथ लिँदै छन् । उनीहरूलाई बिहान ११ः३० बजे सपथ ग्रहण गराउने कार्यक्रम छ ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी हुन् । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यस्तै कानुनविद् ओमप्रकाश अर्याललाई गृहसहित कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनी पछिल्लो समय काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको कानुनी सल्लाहकार थिए ।
पूर्व अर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजिनामा दिएका थिए ।
त्यसपछि शुक्रबार पूर्वप्रधानन्यायाधीश कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् ।

संगालोखबर 













