संगालोखबर


काठमाडौं । नेपाल राष्ट्र बैङ्कले दशैँका लागि आजबाट सुकिला नोट सटही सुरु गरेको छ । राष्ट्र बैङ्कका अनुसार असोज १० गतेसम्म सुकिला नोट साट्न सकिन्छ ।

जेनजीको प्रदर्शन र उत्पन्न विषम अवस्थाले केही समस्या भए पनि राष्ट्र बैङ्क तथा अन्य बैङ्क तथा वित्तिय संस्थामा धेरै भौतिक क्षति नभएकाले यसअघिको निर्णय अनुसार नै नोट सटही गर्न सक्ने अवस्था रहेको राष्ट्र बैङ्कले जनाएको छ ।

राष्ट्र बैङ्कको थापाथलीमा रहेको मुद्रा व्यवस्थापन विभाग, प्रदेश कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिनेछ ।

साथै बैङ्क तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत सुकिला नोट साट्न सक्ने गरी व्यवस्थापन गरिएको राष्ट्र बैंकले जनाएको छ । यसपालि पाँच रुपैयाँ दरका नोट नयाँ पनि वितरण हुनेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!