
विराटनगर । नेपाल प्रहरीले भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा भएका अप्रिय घटनाका तस्बिर तथा भिडियो पठाइदिन आग्रह गरेको छ ।
आज एक सूचना जारी गर्दै देशका विभिन्न स्थानमा भएका त्यस्ता घटनाका तस्बिर तथा भिडियो मेल ([email protected]) मा पठाइदिन आग्रह गरेको हो ।
‘काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास श्रृजना हुने किसिमका अन्य विविध घटनाहरूसँग सम्बन्धित तबिवर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू पठाउन अनुरोध गर्दछौं’, सूचनामा भनिएको छ ।
प्रहरीले तस्बिर तथा भिडियो पठाउने व्यक्तिको गोपनियता कायम रहने जनाएको छ । जेनजीको आन्दोलनका क्रममा देशभरका सरकारी तथा निजी सम्पतिमा तोडफोड तथा आगजनी हुँदा ध्वस्त भएका छन् । सो क्रममा ५१ जनाले ज्यान गुमाएका छन् ।

संगालोखबर 













