
विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई संवैधानिक दायरामा रहेर निकास दिने प्रयास भइरहेको बताएका छन् । आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले देशको अहिलेको बिषम परिस्तिथिमा मुलुकलाई संबैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ भनेर आफूले प्रयास गरिरहेको बताएका छन् ।
‘मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दैछु’, विज्ञप्तिमा भनिएको छ ।
आन्दोलनकारी नागरिकहरूको माग सम्बोधन गर्न छिटो भन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन उनले आग्रह गरेका छन् । यस्तै संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गरेका छन् ।


संगालोखबर 













