
विराटनगर । नेपाली सेनाले देशभर निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ । आज साँझ ५ बजेसम्म निषेधाज्ञा र बिहीबार बिहान ६ बजेसम्म कर्फ्यु आदेश लागू हुने सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।
आन्दोलनको नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समुहहरूले घुसपैठ गरी व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी, लुटपाट गरिरहेको सेनाले उल्लेख गरेको छ ।
अपराधजन्य गतिविधि नियन्त्रणको प्रयासमा सहकार्यका लागि सबैलाई नेपाली सेनाले आह्वानसमेत गरेको छ ।
निषेधाज्ञा तथा कर्फ्युको दौरानमा अत्यावश्यक सेवाका सवारी साधनहरु (एम्बुलेन्स, शव बाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधनहरू) सञ्चालन हुने छन् । आवश्यक सहजताका लागि नजिकमा रहेका सुरक्षाकर्मीहरुसँग समन्वय गर्न सबैलाई सेनाले अनुरोध गरेको छ ।
यस क्रममा सम्पूर्ण अवकाशप्राप्त सैनिक लगायत सुरक्षाकर्मीहरु, सबै सेवाका राष्ट्रसेवकहरु, सञ्चारकर्मी तथा आम नागरिकहरुमा अफवाहको पछाडि नलागी आधिकारिक सूचनामात्र सम्प्रेषण गर्न तथा आधिकारिकतामा मात्र विश्वास गर्न नेपाली सेनाले अनुरोध गरेको छ ।



संगालोखबर 













