
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । उनले जेनजीले गरेको हिजोको प्रदर्शनमा भएको विरोधमा भएको दमनप्रति आक्रोश व्यक्त गर्दै राजीनामा दिएका हुन् ।
उनले सरकारको अलोकतान्त्रिक कदमप्रति आपत्ति जनाउँदै देश र जनतासमक्ष मन्त्री पदबाट राजीनामा पेश गरेको जानकारी गराएका छन् ।
अधिकारीले स-साना कलिला छोराछोरीहरूको हत्या र दमन पश्चात देशलाई नै शोकाकुल पारेर सरकारमा बसिरहन मेरो नैतिकता दिँदैन भन्दै सामाजिक सञ्जालमा लेखेका छन् । अधिकारी काँग्रेसबाट मन्त्री बनेका थिए ।

संगालोखबर 













