संगालोखबर
फाइल तस्वीर

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर धेरैको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले नैतिकताका आधारमा राजीनामा दिएका छन् । आज साँझ बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी ओली समक्ष राजीनामा बुझाएका हुन् ।

सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारको विरोध गर्दै जेनजीहरुले गरेको आन्दोलन हिंसात्मक बनेपछि प्रहरीले बल प्रयोग गोलीसमेत चलाएको थियो । सो क्रममा हालसम्म १९ जनाको मृत्यु भइसकेको छ । सयौँ घाइते भएका छन् ।

Advertisement

सो घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने भन्दै गृहमन्त्री लेखकले राजीनामा दिएका हुन्  ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!