
विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज प्रतितोला एक हजार ६ सय रुपैयाँ बढेर सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला दुई लाख १० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला १० रुपैयाँ बढेर प्रतितोला दुई हजार पाँच सय रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी प्रतितोला दुई हजार चार सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













