संगालोखबर

विराटनगर । कोशी प्रदेशका पाँचसहित देशभरका ६१ स्थानीय तहले हालसम्म पनि चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्न सकेका छैनन् । ७५३ स्थानीय तहमध्ये ६९२ स्थानीय तहले मात्र बजेट सार्वजनिक गरी कार्यान्वयन गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

Advertisement

स्थानीय तहले असार १० गतेभित्र बजेट सार्वजनिक गरिसक्नुपर्ने प्रावधान छ । तर, ६१ स्थानीय तहले हालसम्म पनि बजेट सार्वजनिक नगरेका हुन् । बजेट सार्वजनिक नगर्नेमा कोशी प्रदेशका पाँच पालिका छन् । भोजपुरको साल्पासिलिछो गाउँपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, मोरङको सुनबर्षी नगरपालिका र ओखलढुंगाको सुनकोशी गाउँपालिकाले हालसम्म बजेट सार्वजनिक गरेका छैनन् ।

मधेश प्रदेशका ४० र बागमती प्रदेशका पाँच स्थानीय तहले हालसम्म बजेट ल्याएका छैनन् ।

गण्डकी प्रदेशका सबै स्थानीय तहले बजेट ल्याउँदा, लुम्बिनी प्रदेशका सात, कर्णाली प्रदेशका तीन र सुदूरपश्चिम प्रदेशको एक स्थानीय तहले बजेट ल्याएका छैनन् । बजेट सार्वजनिक नगर्ने अधिकांश स्थानीय तहमा आन्तरिक विवादका कारण समस्या देखिएको छ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!