संगालोखबर

काठमाडौँ । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजबाट ललितपुरको गोदावरीमा सुरु हुँदैछ । गोदावरीस्थित सनराइज हलमा हुने अधिवेशन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्‌घाटन गर्नेछन् । बिहान ११ बजेका लागि उद्‌घाटन कार्यक्रम तय गरिएको छ ।

Advertisement

महाधिवेशनमा सहभागि हुन देशभरबाट प्रतिनिधिहरू राजधानीमा भेला भएका छन् । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि सहभागि हुनेछन् ।

तीन दिनसम्म चल्ने महाधिवेशनको पहिलो दिन आज अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ । सो प्रतिवेदन हिजोको सचिवालय बैठकले पास गरिसकेको छ ।

आजै उपाध्यक्ष विष्णु प्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले  राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगको प्रतिवेदन पनि आजै पेश गर्ने कार्यसूची छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!