
विराटनगर । सरकारले फेसबुकसहितका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । सूचीकृत हुन नआएका सबै सामाजिक सञ्जाल बन्द गर्ने सरकारले निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा आज बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरणका लागि सम्पर्कमा नआएका सबै सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो ।
सूचीकृत नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय कार्यान्वयनका लागि दूरसञ्चार प्राधिकरणलाई मन्त्रालयले पत्राचार गरिसकेको छ ।
सरकारले पछिल्लो पटक दिएको सात दिनको म्याद गएराति सकिएको थियो । नेपालमा टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभ सूचीकृत भएका छन् ।

संगालोखबर 













