
विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । तोलामा ६ सय रुपैयाँ वृद्धि भएको सुनले आज पनि नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख पाँच हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला दुई लाख पाँच हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज तोलामा १५ रुपैयाँ बढेर चाँदी दुई हजार चार सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी दुई हजार चार सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













