
धनगढी । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले पुनः सत्याग्रह सुरु गरेका छन् । केसीले आजबाट कैलाली गेटाको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय प्रतिष्ठानमा सत्याग्रह सुरु गरेका हुन् । यो उनको २३ औं सत्याग्रह हो ।
यस पटक केसीले निजी मेडिकल कलेजमा गरिएको सिट वृद्धि फिर्ता गर्नुपर्ने माग राखेका छन् । चिकित्सा आयोगले एमबीबीएस लगायत विभिन्न विषयको निजी मेडिकल कलेजमा सिट बढाउने निर्णय गरेको थियो ।
डा. केसीले विज्ञप्ति निकालेर विद्यार्थी भर्ना सिट सङ्ख्या वृद्धि गर्दा नेता र माफियाको झोला भरिए पनि शिक्षाको गुणस्तरमा ह्रास आउने बताएका छन् ।

संगालोखबर 













