संगालोखबर


विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा अन्तर वडास्तरीय फुटबल प्रतियोगिताका माध्यमबाट ३२ जना फुटबल खेलाडी छनोट गरिएको छ । गत असार १३ गतेदेखि २१ गतेसम्म भएको प्रतियोगिताबाट खेलाडी छनोट गरिएको हो ।

बुढीगंगा गाउँ युवा परिषद्को आयोजनामा ‘तीन युग तीन नेतृत्व, विगत र वर्तमान स्थानीय नेतृत्वको सम्मान’ भन्ने नाराका साथ ८ वटा फुटबल टीम निर्माण गरेर प्रतियोगिता सञ्चालन गरिएको थियो ।

Advertisement

दुई सय खेलाडी सहभागि भएकामा ५६ हुँदै अन्तिम चरणमा उत्कृष्ट ३२ जना छनोट भएका परिषद्का अध्यक्ष पुजेश कोइरालाले बताए । एन्फाको मापदण्ड अनुसार प्रतियोगिता सञ्चालन गरेर खेलाडी छनोट गरिएको उनको भनाइ छ ।

छनोट भएका खेलाडीलाई आवश्यक प्रशिक्षणका लागि कोच र डाइटको व्यवस्था गर्ने गाउँपालिका अध्यक्ष जित नारायण थापा मगरले बताए । गाउँपालिका आफ्नै फुटबल टीम तयार गर्ने उद्देश्यका साथ अघि बढेको उनको भनाइ छ ।

युवाहरूलाई कुलतबाट बचाउनका साथै उनीहरूको व्यक्तित्व विकासका लागि गाउँपालिकाले फुटबलसँगै अन्य खेलमा उनीहरूलाई जोडिरहेको अध्यक्ष मगरले बताए । उनले खेलका माध्यमबाट गाउँपालिकाको पहिचान स्थापित गराउने उद्देश्य रहेको उल्लेख गरे ।

अध्यक्ष मगरले चाँडै अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने सोच रहेको बताए । गाउँपालिकाको १२ लाख रुपैयाँको सहयोगमा परिषद्ले वडास्तरीय प्रतियोगिता आयोजना गरेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!