
विराटनगर । नेपाली बजारमा सुनको मूल्य दुई लाख नजिक पुगेको छ । आज प्रतितोला चार सय रुपैयाँले बढेर सुनको मूल्य उच्च भएको हो । यसअघि साउन २३ गते उच्च मूल्यमा पुगेको सुन आज सोही मूल्यमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ९९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला एक लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला दुई हजार तीन सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला दुई हजार तीन सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













